मंगलबार थपिए १ लाख ९६ हजार कोरोना सक्रमित

असार ३१, २०७७

काठमाडौैं । मंगलबार विश्वमा १ लाख ९६ हजार ७७५ कोरोना संक्रमित थपिएका छन् । 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा शनिबार हालसम्मकै सबैभन्दा धेरै २ लाख ३० हजार ३७० कोरोना संक्रमित थपिएका थिए ।    

हालसम्म विश्वमा एक करोड २९ लाख ६४ हजार ८०९ जनामा कोरोना संक्रमण देखिसकेको छ भने मृत्यु हुनेको संख्या ५ लाख ७० हजार २८८ पुगेको छ । 

विश्वका २१६ देशमा कोरोना संक्रमण फैलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस