पारिवारीक निजी वनले बाँड्यो निःशुल्क फलफुलका बिरुवा

असार २२, २०७७


तुलसीपुर । पारिवारीक निजी वन संघले निजी वनको विकासका लागि विभिन्न फलफुलका विरुवा वितरण गरेको छ । संघको केन्द्रीय उपाध्यक्ष मेघराज भुसालले वडा नम्वर ८ मा रहेको गौरीशंकर टोल विकास संस्थामा १ हजार विभिन्न प्रजातिका फलफुलका विरुवा वितरण गरिएको वताए ।


उपाध्यक्ष भुसालले काँगती, आँप, लिच्ची लगायतका विरुवा १ सय ६ घरधुरीलाई वितरण गरिएको पनि जानकारी दिए । वितरण कार्यक्रममा उनले सबैले घर छेउँको खाली जग्गामा विरुवा लगाउँन आवश्यक भएको वताए । ‘व्यक्तिको जग्गा त्यसै खेर गइरहेको हुन्छ त्यसमा हामीले विभिन्न फलफुल लगायतका विरुवा लगाएर उपयोग गर्न सक्छौ’ उपाध्यक्ष भुसालले भने । उनले तत्काल ड्रागन फ्रुटका विरुवा वितरण गरिने पनि वताए ।


टोल विकास संस्थालाई विरुवा वितरण गरेकोमा टोलका अध्यक्ष दिनानाथ भट्टराईले धन्यवाद दिएका थिए । ‘टोल मै आएर फलफुलका विरुवा वितरण गरेकोमा खुसी लागेको छ’ स्थानीय नारायण भट्टराईले वताए ।

प्रतिक्रिया दिनुहोस