तुलसीपुरमा अलपत्रलाई खाजा बाँड्दै युवाहरु

चैत २२, २०७६

उनले दैनिक १० देखि १२ हजारसम्म खर्च हुने गरेको पनि वताए । दैनिक १ सय ५० सम्मलाई उनीहरुले खुवाउने गरेका छन् ।

तुलसीपुर । बाँसगढी वर्दियाका राजेन्द्र थारु र रामदेव थारु उपभोग्य सामान लिएर तुलसीपुर आएका थिए । नेपालगञ्जबाट विहानै हिडेका उनीहरुले लकडाउनका कारण कतै पनि खाने ठाउँ भेटेनन् । सामान लोड गरेर फर्कने वेलामा वाइक र स्कुटीमा रहेका केही युवाहरुले गाडी रोके र सोधे “भोक लागेको छ ” उनीहरु अचम्ममा परेर, लागेको वताए । युवाहरुले दुवैलाइ एक एक वटा खाजाको सेट दिए । उनीहरु गुम्राह चोकमा गाडी पार्किङ्ग गरेर मिठोसँग खाए । “भोकले हैरान भएको थियो सित्तैमा यति मिठो खान पाईयो खुसी लागेको छ ” उनीहरुले वताए ।

खाजा वाँडन्हरुले त्यही चोकै नेरको प्रहरी विटमा प्रहरीहरुलाई पनि खाजा दिए । वजार वन्द भएपछि तुलसीपुरका केही युवाहरुलाई नयाँ आइडिया फुर्यो । उनीहरुले सामाजिक काममा सधै अग्रसर हुने वडा नम्वर ५ का वडाध्यक्ष विरेन्द्र शाहलाई त्यो कुरा भने । शाहले एकै वचनमा साथ दिने प्रतिवद्धता व्यक्त गरे अनि सुरु भयो “फ्रि मोवाईल खाजा सर्भिस”

लकडाउन भएदेखि उनीहरु हरेक दिन अपरान्ह २ वजे खाजा लिएर निस्कन्छन् अनि सबैतिर डुल्छन् । “तलतिर गुम्राहा चोक, माथि गोटीखोला, पूर्वमा विजौरी र पश्चिममा कृष्ण मन्दिरसम्म पुग्छौ” अध्यक्ष शाहले भने । वाटोमा कोही अलपत्र परेको जस्तो मान्छे देख्यो कि उनीहरुले खाज दिइहाल्छन् ।

खाजामा हरके दिन फरक फरक कुरा उनीहरुसँग हुन्छ । “हामीले मम, चाउमिन, रोटि तरकारी, जेरी समोसा यस्तै हरेक दिन फरक फरक कुरा खुवाउँछौ” अभियानका सदस्य भुपेन्द्र डाँगीले भने । उनले वाटोमा देखिने हरेकलाई खुवाउने पनि वताए । “कहिलेकाही बाँड्दा बाँड्दै सकिन्छ अनि फेरी वनाउँछौ” उनले भने ।

  उनले लकडाउन अवधिभर खाजा खुवाइरहने पनि वताए ।

उनीहरुले खाजा वाँड्नाले सुरक्षाकर्मीहरुले धेरै राहत महसुस गरेका छन् । “भोक लागेको वेला सडकमा कहाँ खान जानु ? उहाँहरुले ल्याइदिनुहुन्छ साह्रै राम्रो भएको छ ” विजौरीका ट्राफिक डिल्ली आचार्यले वताए ।

समुहमा सुधिर गुप्ता, विशाल गुप्ता, सुवास पोख्रेल, लालजी गुप्ता, भुपेन्द्र डाँगी र वडाध्यक्ष शाह रहेका छन् । उनीहरुले आफै पकाउँछन् र आफै बाँड्छन् । “अहिलेसम्म कसैले सहयोग गरेको छैन आफै खर्च गरेका छौ” सुवास पोख्रेलले भने । उनले दैनिक १० देखि १२ हजारसम्म खर्च हुने गरेको पनि वताए । दैनिक १ सय ५० सम्मलाई उनीहरुले खुवाउने गरेका छन् ।

“पैसा भन्ने कुरा सन्तुष्टिका लागि हो अरुलाई खुवाउँदा सन्तोष मिल्छ भने किन नखुवाउँने” वडाध्यक्ष शाहले भने । उनले लकडाउन अवधिभर खाजा खुवाइरहने पनि वताए ।

प्रतिक्रिया दिनुहोस