विश्वभर ५१ लाखभन्दा धेरै संक्रमितले जिते कोरोना

असार ११, २०७७

विश्ववभर कोरोना संक्रमण निको हुनेको संख्या उल्लेख्य रुपमा बढीरहेको छ। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड नजिक पुग्दा कोरोना जित्नेको संख्या पनि ५१ लाख ६२ हजार सात सय ९२ पुगेको छ।

वल्र्डओमिटरका अनुसार विश्वभर संक्रमितको संख्या ९५ लाख १४ हजार नौ सय ६४ पुगेको छ। यस्तै ३८ लाख ६४ हजार दुई सय ९२ जना उपचाररत छन्। 

संक्रमित मध्ये ५८ हजार चार सय ११ जना अवस्था गम्भीर रहेको वर्ल्डओमिटरले उल्लेख गरेको छ। अन्य संक्रमितको अवस्था सामान्य छ।

गएको २४ घण्टामा मात्रै विश्वभर एक लाख ६७ हजार आठ सय ६५ जना संक्रमित थपिएका छन्।

अहिलेसम्म विश्वभर मृतकको संख्या चार लाख ८३ हजार आठ सय ७८ पुगेको छ। 

प्रतिक्रिया दिनुहोस