कोरोना संक्रमृतको मृत्यु, मृतकको संख्या २३ पुग्यो

असार ०७, २०७७

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। गुल्मीका एक संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गुल्मी छत्रकोट गाँउपालिका-५ मैनडाँडाका ६९ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनी प्यारालाइसिस उपचारका लागि भारत गएका थिए। भारतबाट जेठ २५ गते नेपाल आएका थिए। नेपाल आएपछि होमक्वारेन्टाइनमा नै रहेका उनको असार ५ गते घरमा नै मृत्यु भएको डा गौतमले जानकारी दिए।

उनको सोही दिन स्वाब संकलन गरि नमुना जाँचका लागि प्रदेश प्रयोगशाला भैरहवामा पठाइएको थियो। असार ६ गते आएको रिपोर्टमा उनमा कोरोना संक्रमण देखिएको हो। 

यो सहित नेपालमा २३ कोरोना संक्रमितको मृत्यु भएको छ। 

नेपालमा हालसम्म ९ हजार २६ जनामा कोरोना संक्रमण देखिएको छ। 

प्रतिक्रिया दिनुहोस