चिनियाँ सेनाले २० जना भारतीय सैनिक मारे । मर्नेकाे संख्या थपिने सम्भावना ।

असार ०२, २०७७

भारतीय सेनाको पछिल्लो वक्तव्य अनुसार चिनिया सैनिकहरूसँग सोमवार भएको भिडन्तको घटनामा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको छ।

वक्तव्यमा भनिएको छ भारतीय र चिनियाँ सैनिकहरूबीच गल्वान इलाकामा संघर्ष विराम भएको छ जहाँ दुवै पक्षबिच १५\१६ जुनको रातमा भिडन्त भएको थियो।

वक्तव्यमा भनिएको छ: “भिडन्त भएको स्थानमा कर्तव्य पालनाका क्रममा गम्भीर घाइते भएका १७ जना भारतीय सैनिकहरूको सून्यभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा तिनीहरूलाई लागेको चोटका कारण मृत्यु भएको छ।”

मंगलवार केही अघि भारतले गल्वान क्षेत्रमा भएको भिडन्तमा सेनाका एकजना वरिष्ठ अधिकारी सहित तीनजना भारतीय सैनिकको ज्यान गएको पुष्टि गरेको थियो।

यो सँगै उक्त घटनामा ज्यान गुमाउने भारतीय सैनिकहरूको सङ्ख्या २० पुगेको छ।

चीनको तर्फबाट भारतीय सेनासँग भएको हिंसात्मक भिडन्तको घटनामा चिनियाँ सेना तर्फको हताहतिको बारेमा कुनै विवरण सार्वजनिक भएको छैन।

प्रतिक्रिया दिनुहोस