राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक सहित २१ जना क्वारेन्टाइनमा

असार ०२, २०७७

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक सहित २१ जना क्वारेन्टाइनमा बसेका छन्।

अस्पतालमा उपचारका लागि आएका बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनीहरु क्वारेन्टाइनमा बसेका हुन्। 

प्रतिष्ठानकी उपकुलपति डा संगिता भण्डारीका अनुसार ४ जना डाक्टर, ११ जना नर्स र ६ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका हुन्। 

अस्पतालको मेडिकल वार्डमा उपचारका क्रममा रहेका बिरामीमा कोरोना संक्रमण देखिएको हो।
 

प्रतिक्रिया दिनुहोस