गाइडहरमा सुरु भयो डिपवोरिङ्ग, जनतामा खुसी

असार ०१, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ को गाइडहरमा सोमबारबाट खानेपानीको डिपवोरिङ्ग सञ्चालनमा ल्याइएको छ । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएको त्यस क्षेत्रका ४० वढि घरपरिवारलाई लक्षित गरेर युनिसेफको सहयोगमा उपमहानगरपालिकाले डिपवोरिङ्ग निर्माण गरेको हो ।


बजार छेउँमै भएर पनि पानीका लागि १ घण्टासम्म हिड्न वाध्य भएका त्यहाँका वासिन्दाहरुले घर आँगनमै पानी सञ्चालन भएपछि खुसी व्यक्त गरेका छन् । २० लाखको लागतमा सञ्चालन भएको बोरिङ्गबाट पानी आएसँगै तत्काल वितरण गरिने भएको हो । उक्त वडाका श्रीकृष्ण टोल र सगरमाथा टोलका घर परिवारलाई लक्षित गरेर डिपवोरिङ्ग सञ्चालन गरिए पनि आवश्यकतालाई महसुस गरेर अन्य टोलमा विस्तार गरिने वडाध्यक्ष नवराज लामिछानेले जानकारी दिए ।


नगरप्रमुख घनश्याम पाण्डेले डिपवोरिङ्गको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै जनताका आवश्यकताहरुलाई पुरा गर्नका लागि निरन्तर लागिरहने वताए । थोरै बजेटमा धेरै काम गर्नुपर्ने बाँध्यताका विचमा जनताका सबै आवश्यकता पुरा गर्न कठिन भएको समेत उनले वताए । “एकैपटक जनताका आवश्यकता पुरा गर्न नसकेपनि हामी निरन्तर प्रतिवद्ध छौ” नगरप्रमुख पाण्डेले भने । निर्वाचनको समयमा गरेका केयौ प्रतिवद्धता पुरा भएको र अरु प्रतिवद्धता पनि पुरा गर्न आफुले योजना वनाएर काम गरेको वताए ।

कार्यक्रममा तुलसीपुर खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वलीले तत्काल धारा वितरण गरेर जनताको आवश्यकता पुरा गरिने वताए ।


वडा सदस्य युवा कराराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कार्यपालिका सदस्य अमर नेपाली माइकलले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन वडा सदस्य दुजमान भण्डारी वर्षातले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस