रक्षाचौर क्वारेन्टाईनमा दश जना

चैत २१, २०७६

तुलसीपुर ।   तुलसीपुर ४ रक्षाचौर स्थित गुरु जजुर माध्यामिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाईनमा दश जना रहेको जानकारी दिईएको छ । विहिवारसम्म सात जना रहेकोमा शुक्रवार फेरी तिन जना थप भएसंगै क्वारेन्टाईनमा बस्नेको संख्या दश जना रहेको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थय निरीक्षक विमल केसीले जानकारी दिएका छन् ।

उनीहरु भरखैर देश बाहिरबाट आएकाले क्वारेन्टाईनमा बसेका छन् । साथै उनीहरुको घरपरिवार संग भेटघाट गरेर परामर्श दिन थालिएको छ । घरघरमा पुगेर परामर्श दिईएको जनस्वास्थ्य निरीक्षक केसीले बताएका छन् । क्वारेन्टाइनमा खाना र खाजाकाे पनि  विशेष व्यवस्था गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस