सांसद सरिता गिरीद्वारा संसद बैठक बहिष्कार

जेठ ३१, २०७७

नेपालको संविधान (दोस्रो संशोधन) विधेयकको विपक्षमा उभिएकी संघीय समाजवादी पार्टीकी सांसद सरिता गिरी संसद बैठक छोडेर निस्किएकी छिन्।

उनलाई बोल्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले नाम बोलाएपछि उठिन् । तर अरु सांसदहरुले बोल्न समय दिन नहुने भन्दै विरोध गरेपछि सभामुख सापकोटाले बस्न आग्रह गरे । सांसद गिरी नबसेपछि सभामुख सापकाटाले भने, तपाईँको संशोधन प्रस्ताव खारेज भइसक्यो बस्नुस्।

गिरीलाई पटक पटक बस्न आग्रह गर्दा नबसेपछि सभामुख सापकोटाले मैले रुलिङ गरिसके बस्नुस् भनेपछि उनी निस्किएकी हुन्।

संसद् बैठकमै रहेका समाजवादी पार्टीकै सांसद मोहम्मद इस्तियाक राईले सांसद गिरी बैठकबाट निस्किएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस