खुल्दैछन् कार्यालय, कर्मचारीलाई संक्रमणबाट जोगाउन यस्ता छन् युनिसेफका सुझाव

जेठ ३१, २०७७

काठमाडौं। सरकारले लकडाउन केही खुकुलो बनाउँदै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाहरू सञ्‍चालनमा ल्याउने निर्णय गरेको छ।

कार्यालय खुले पनि कोरोना भाइरस संक्रमणको जोखिम घटाउनका लागि दुई चरणमा कर्मचारी खटाउने बन्दोबस्त गरिएको छ। कर्मचारीहरू आलोपालो गरी बिहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि बेलुका ६ बजेसम्म कार्यालय जानेछन्।

आर्थिक वर्षको अन्तिम समय भएकाले धेरै काम हुने र कार्यालयमा पनि भौतिक दूरी कायम गर्नुपर्ने भएकाले दुई सिफ्टमा सञ्‍चालन गर्न लागिएको हो बताइएको छ। 

महामारीका बेला खुल्न लागेका कार्यालयबाट संक्रमण नफैलियोस् भनेर युनिसेफले मार्गनिर्देशन तयार पारेको छ। मार्गनिर्देशनमा कर्मचारीलाई कोरोना भाइरस संक्रमणबाट जोगाउन यस्ता उपाय सुझाइएको छः

 प्रशस्त मात्रामा पानीको व्यवस्था गर्नुपर्छ। 
–  साबुन र सफा पानीले नियमित रूपमा हात धुने सुविधा उपलब्ध गराउनुपर्छ। 
–  सरसफाइमा विशेष ध्यान दिनुपर्छ। कार्यालयलाई स्वच्छ राख्नुपर्छ। 
–  कार्यालयमा प्रयोग हुने उपकरण किटाणुरहित राख्‍न आवश्यक व्यवस्था गर्नुपर्छ। 
–  स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्छ।
–  शौचालय, चमेनागृह, बाहिरी भोजन कक्ष, बच्चा हेरचाह वा स्तनपान कक्षको नियमित सफा गर्नुपर्छ। 
–  कर्मचारी र सेवाग्राहीलाई कम्तिमाा ६० प्रतिशत अल्कोहल भएको ह्यान्ड स्यानिटाइजर उपलब्ध गराउनुपर्छ। 
–  महिला शौचालयमा मासिक स्वच्छता व्यवस्थापन गर्न साबुनपानी र ढकनीयुक्त डस्टबिन राख्नुपर्छ।
–  कर्मचारीलाई कोरोना भाइरस संक्रमण भइहाले के गर्ने भन्‍ने योजना हुनुपर्छ। 
–  संक्रमणको शंका लागे परीक्षण गराउने व्यवस्था हुनुपर्छ। 
–  कर्मचारीहरूको दैनिक स्वास्थ्य अवस्थाको रेकर्ड राख्नुपर्छ। 
–  कसैलाई संक्रमण देखिइहाले कन्ट्याक्ट ट्रेसिङ गर्न कार्यालय प्रवेश गर्ने र छाड्नेको रेकर्ड राख्नुपर्छ। 
–  संक्रमित कर्मचारीको उपचारको व्यवस्था गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस