तुलसीपुर उद्योग वाणिज्य संघको एम्बुलेन्समा ब्राउन सुगर भेटियो

जेठ २३, २०७७

तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघको एम्बुलेन्सबाट ब्राउन सुगर भेटिएको छ । कोहलपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको संघको रा १ च ३८९ नम्बरको एम्बुलेन्सबाट ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगर भेटिएको हो ।

 

तुलसीपुर अमिलिया सडक खण्डको दमारगाउँ चेकपोष्टमा चेकजाँचका क्रममा प्रहरीले गत राती आठ बजे चेकजाँजमा क्रममा ब्राउन सुगर फेला पारेको हो । प्रहरीको विश्वस्त स्रोतका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका बडहरा निवासी २३ वर्षका शंकर पुन र तुलसीपुर उपमहानगरपालिका ५ निवासी १७ वर्षकी दिपा पुन रहेका छन् । उनीहरुसँगै प्रहरीले एम्बुलेन्स चालक दंगीशरण गाउँपालिका ६ श्रीगाउँ निवासी तिलक विकलाई समेत पक्राउ गरेको छ । उनीहरुको साथबाट ६ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको हो ।

नक्कली विरामी भएर कोहलपुरबाट व्राउन सुगर लिएर उनीहरु आएको स्रोतले जानकारी दिएको छ । प्रहरीले यसबारेमा थप अनुसन्धान गरेर मात्रै प्रतिक्रिया दिने वताएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रमुखका रुपमा प्रहरी नायव निरिक्षक शिवबहादुर सिंहले अवैध लागुऔषध ओसारपसार तथा विक्रीवितरण नियन्त्रण गर्ने वताएका थिए ।

प्रतिक्रिया दिनुहोस