उत्तर कोरियामा प्राथमिक तहका विद्यालय खुला

जेठ २२, २०७७

 

उत्तर कोरियाले प्राथमिक तहका विद्यालय खुला गरेको छ।

उत्तर कोरियामा अप्रिलदेखि शैक्षिक सत्र शुरु हुन्छ। यस वर्ष भने कोभिड-१९ को महामारीका कारण शैक्षिक सत्र पछाडि धकेलिएको छ।

छिमेकी मुलुक चीनमा कोरोना भाइरसको संक्रमण शुरु हुनासाथ उत्तर कोरियाले आफ्ना सबै अन्तर्राष्‍ट्रिय सीमा सिल गरेको थियो। र, विदेशीलाई आफ्नो भूमिमा प्रवेश निषेध गरेको थियो।

उत्तर कोरियाले संसारमै पहिलो लकडाउन लागू गरेको थियो। उत्तर कोरियाली सरकारले हालसम्म एउटा पनि कोरोना भाइरसको संक्रमण पुष्‍टि गरेको छैन।

विशेषज्ञहरूले उत्तर कोरियाको दाबीमाथि प्रश्‍न गर्दै आएका छन्। तर, कोरोना भाइरसको संक्रमण फैलियो भने उत्तर कोरियाको कमजोर स्वास्थ्य प्रणालीले थेग्‍नै नसक्ने भनाइ पनि विज्ञहरूको छ।

प्रतिक्रिया दिनुहोस