काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरसको संक्रमण

जेठ २०, २०७७

काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

मंगलबार थपिएका संक्रमितमध्ये चार जना मेडिकल कलेजका स्वास्थ्यकर्मी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

संक्रमितहरूमा तीन जना महिला र एकजना पुरुष छन्।

महिलाहरू २४ देखि ३२ वर्ष उमेर समूहका छन् भने एक जना २८ वर्षका पुरूष हुन्।

मंगलबार गएको २४ घण्टामा २८८ संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या २ हजार ९९ जना पुगेको छ। जसमा ८ जनको मृत्यु भएको छ।

कोरोना संक्रमित २ हजार नाघेसँगै लक्षणको आधारमा होम आइसोलेसनमा राख्ने सरकारको तयारी छ। सरकारले लक्षण नदेखिएका संक्रमितहरूलाई घरमै राख्ने तयारी गरेको हो।

प्रतिक्रिया दिनुहोस