२८ वर्षीया महिलाको क्वारेन्टिनमा मृत्यु

जेठ २०, २०७७

भारतबाट आएकी बैतडीकी २८ वर्षीया महिलाको क्वारेन्टिनमा मृत्यु भएको छ।

पुर्चौडी नगरपालिका-४ स्थित मालिका माविको क्वारेन्टिनमा रहेकी उनको गएराति मृत्यु भएको मेयर रणबहादुर कुँवरले जानकारी दिए।

मृतक महिला पाँच दिनअघि मात्र पञ्जाबबाट आफ्नो बच्चा र श्रीमानसहित बैतडी आएकी थिइन्।

उनीहरू भारतबाट आएलगत्तै क्वारेन्टिनमा बसिहरेका थिए। मेयर कुँवरका अनुसार मृतक महिला मुटुको दीर्घरोगी हुन्।

भारतमा बस्दै आएकी उनी त्यहाँ पनि मुटुको औषधि सेवन गर्थिन्। अहिले मृतक महिलाको कोरोना परीक्षण गर्ने तयारी भइरहेको छ।

त्यसको लागि स्वास्थ्यकर्मीको टोली क्वारेन्टिनस्थलमा पुगिसकेको छ। स्वाब परीक्षणको लागि भने धनगढी पठाउनुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस