अस्पतालमा उपचाररत ६१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि

जेठ १, २०७७


तुलसीपुर । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत् ६१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। उनमा आज बिहान संक्रमण पुष्टि भएको अस्पताल स्रोतले बतायो।

संक्रमित महिलालाई पाटन अस्पताल लगिएको छ।

उनलाई हेटौंडा अस्पतालबाट चार दिनअघि रिफर गरिएको थियो।

‘उहाँमा अल्जाइमर्स (विर्सिने रोग) को समस्या थियो। जिल्ला बाहिरबाट आएकाले उहाँको स्वाब परीक्षण गरिएकोमा आज पोजेटिभ देखियो,’ अस्पताल स्रोतले भन्यो।

उनको गत शनिबार स्वाब परीक्षण गर्न पठाइएको थियो। हेटौंडा अस्पतालले रिफर गरेपछि नर्भिकले आफ्नो परिसरभित्रै रहेको छुट्टै आइसोलेसनमा भर्ना गरेको थियो।

आइसोलेसनमा खटिने तीन जना चिकित्सकको पनि स्वाब परीक्षण गर्ने तयारी नर्भिकले गरेको छ।

संक्रमित महिलामा लक्षण नभएको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस