एकै दिनमा २८ लाख विरुवा रोप्दै फेकोफन

जेठ १६, २०७७

सामुदायिक वन उपभोक्ता महासंघले आफ्नाे रजत जयन्तीको अवसर पारेर १८ जेठमा २८ लाख विरुवा राेप्ने जनाएकाे छ ।

महासंघ स्थापनाको २५ औ वर्षको अवसरमा सामुदायिक वन आवद्धसँग हरेक परिवारले एक विरुवा रोप्ने महासंघले जनाएको छ । सामुदायिक वन उपभोक्ता महासंघ १८ जेठ २०५२ मा स्थापना भएको थियो ।


शुक्रबार आयोजित ‘भर्चुअल प्रेसमिट’मा महासंघकी अध्यक्ष भारती पाठकले एक परिवार एक विरुवा रोप्नका लागि महासंघले सवै उपभोक्ता समूहलाई पत्राचार गरेको जानकारी दिइन् ।

महासंघका अनुसार, २२ हजार दुई सय ६६ सामुदायिक वन उपभोक्तामा २९ लाख सात हजार आठ सय ७१ घरपरिवार रहेका छन् । प्रत्येक परिवारले कम्तिमा एकदेखि बढीमा पाँचवटा विरुवा आफ्नो खेतबारीमा रोप्न स्थानीय उपभोक्तालाई सर्कुलर जारी गरेको पाठकले बताइन् ।

त्यसैगरी महासंघले १७ जेठमा कोरोना मुक्तिको कामना गर्दै हरेक सामुदायिक वन उपभोक्ताको घरमा दीप प्रज्वलनको कार्यक्रम राखेको छ ।

प्रतिक्रिया दिनुहोस