अनियमित विद्युतले अनियमित जीवनशैली

जेठ १४, २०७७

 

आजभोलि तुलसीपुरमा दैनिक विद्युत आपुर्तिको समस्या देखिएको छ । बिहानदेखि साँझसम्म पटक पटक विद्युत आउने र जाने क्रम चलिरहेको छ । मुलुकमा घोषित रुपमै लोडसेडिङ अन्य भएको छ । तर एक किसिमको अघोषित लोडसेडिङ चलिरहेको छ । विद्युत आपुर्तिमा समस्या बिजौरी– मानपुर फिडरमा अत्याधिक देखिएको छ ।

अहिले लकडाउनको कारणले धेरै विद्युत प्रयोग हुने उद्योगधन्दा, कलकारखाना, विद्यालय लगाएत अन्य भौतिक पुर्वाधार निर्माणहरु प्रायः बन्द नै छन् । तर पनि दैनिक विद्युत आपुर्ति सहज छैन् । विद्युत आपुर्तिमा अवरोध किन भइरहेको छ भन्ने बारे विद्युत प्राधिकरण तुलसीपुरले उपभोक्ताहरुलाई कुनै जानकारी गराएको छैन ।

कुनै प्राविधिक समस्या भए विद्युत प्राधिकरणले उपभोक्ताहरुलाई अग्रिम सुचना दिनुपर्दछ । तर विद्युत गएपछि कार्यालयमा फोन गर्दा समेत फोन उठ्दैन । विद्युत प्राधिकरण लगाएत स्थानीय सरकार मौन छन् । स्थानीय सरकार कोरोनाको व्यवस्थापनमा व्यस्त भएर हो कि जनतास“ग प्रत्यक्ष सरोकार राख्ने विद्युत आूपुर्तिमा अवरोध हुँदासम्म मुकदर्शक भएर बसेको छ । विद्युत प्राधिकरणले उपभोक्ताहरूलाइ बिजुली बढी खपत गर्न जोड दिएको छ । तर गुणस्तरीय बिजुली पुर्याउन सकिरहेको छैन् । विद्युत सेवा अवरुद्ध हु“दा बंैंक, वित्तिय संस्था, सञ्चार माध्यम, अस्पताल, अनलाइन तथा टेलिभिजन कक्षाहरुमा प्रत्यक्ष असर परेको छ ।

लकडाउनको कारणले मानिसहरु बीच सामाजिक दुरी कायम छ । तर विभिन्न विद्युतिय माध्यमबाट एक आपसमा जोडिएका छन् । लकडाउनले संस्थाहरु थप्प छन् । विद्यार्थीहरुको दैनिक पठनपाठनमा अवरोध भएको छ । शैक्षिक संस्थाहरु वैकल्पिक माध्यमको रुपमा प्रविधिको प्रयोग गर्दै अनलाइन कक्षाहरु मार्फत विद्यार्थी र अभिभावकहरुसँग जोडिएका छन् ।

विद्यार्थीहरुको पठनपाठनका लागि नेपाल टेलिभिजन र डिसहोमले विभिन्न शैक्षिक कार्यक्रमहरु प्रसारण गरिरहेको छ । विद्युत आपुर्तिको समस्याले इन्टरनेट र टेलिभिजनमा प्रत्यक्ष असर परेको छ । विद्युत गयो भने इन्टरनेट जान्छ । इन्टरनेट चलेन भने अनलाइनबाट हुने सबै काम ठप्प हुन्छन् । बिजुली बत्ती गयो भने टेलिभिजन चल्दैन । टेलिभिजन चलेन भने विद्यार्थीहरुको टेलिभिजनबाट प्रसारण हुने कक्षाहरु प्रभावित हुन्छन् । अनलाइन र टेलिभिजन कक्षाहरु शुरु भएको हुन्छ तर बीचमा लाइन जान्छ ।

विद्यार्थीहरुको पठनपाठनलाई अनलाइन कक्षामार्फत सुचारु गर्न पनि विद्युतको समस्याले प्रभाव पारेको छ । इन्टरनेटको माध्यमबाट अध्ययन अनुसन्धान भईरहेका हुन्छन् । तसर्थ विद्युत आपुर्ति सहज रुपमा सञ्चालन गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ ।
अहिले दैनिक रुपमा विभिन्न संघसंस्थाहरु अनलाइन मार्फत ट्रेनिङ र भर्चुअल बैठकहरु सञ्चालन गरिरहेका छन् ।

अनलाइन बहसहरु भईरहेका छन् । विद्युतको समस्याले गर्दा मिटिङहरु पनि डिस्टर्व भइरहेका छन् । मिटिङमा कुरा गर्दागर्दै लाइन जान्छ । विद्युतीय माध्यमबाट अफिसियल डकुमेन्टहरु एक ठाउँबाट अर्को ठाउँमा पठाउनुपर्ने हुन्छ ।

सञ्चार माध्यम पनि ठुलो असर परेको छ । सञ्चार माध्यममा अनलाइनबाट समाचारहरु मिडिया हाउसमा पठाउनुपर्ने हुन्छ । लकडाउनले गर्दा बैंकहरू हप्तामा तीन दिन खुल्छन् । तर विद्युत समस्याको कारणले बैंकहरुका सर्भरले काम गरेको हुँदैन । बैंकका ग्राहकहरु घण्टौसम्म लाइनमा बसेर पनि रकम पाउँदैनन् । इ–सेवा मार्फत रकम ट्रान्सफर गर्नुपर्ने हुन्छ । तर विद्युत आपुर्ति समस्याले भनेको समयमा काम गर्न कठिन भएको छ ।

अहिलेको समय गर्मीको मौसम हो । यो समयमा पंखा, कुलर र एसीको अत्याधिक प्रयोग हुन्छ । गर्मीको कारण कोठामा बस्न गाह्रो छ । लकडाउनले मानिसहरु उकुसमुकुस भएर कोठाभित्र बस्न बाध्य छन् । यो अवस्थामा बिजुली बत्ती पनि नआउने, टेलिभिजन र इन्टरनेट पनि नचल्ने हो भने स्थिति के होला ?

विद्युत आपुर्तिमा समस्या हुने सामान्य बुझाई के हो भने हावाहुरी, बाढीपहिरो, विकास निर्माण, उच्च माग, ट्रान्सफर्मर ओभरलोड र वितरण प्रणालीमा समस्याको कारण नै हो । तर अहिले देशभरका कलकारखाना र उद्योगधन्दा बन्द नै छन् । विकास निर्माणका काम पनि बन्द नै छ । कलकारखाना, उद्योगधन्दा बन्द हुँदा विद्युत उत्पादनभन्दा माग पनि धेरै कम छ । विद्युत खपत न्युन छ । तर विद्युत आपुर्तिमा दैनिक समस्या देखिएको छ । विद्युतको उच्च खपत हुने समय साँझ र बिहानको समयमा हो । कहिलेकाही लाइन जानु अस्वाभाविक होईन । तर आजभोलि दिउँसो पनि लाइन गइरहेको छ । विद्युत उत्पादनभन्दा माग कम हुँदा पनि दैनिक बिजुली गएर उपभोक्ताहरू हैरानी खेप्न बाध्य छन्


ट्रान्सफर्मरमा ओभर लोड पनि छैन । हावाहुरी पनि चलेको छैन । बाढीपहिरोको समय पनि छैन । तर पनि दैनिक रुपमा बारम्बार विद्युत गइरहेको हुन्छ । गुणस्तरीय आपुर्तिमा समस्या देखिएको छ । विद्युत आपुर्ति सहज नहुँदा सुरक्षा चुनौति थपिएको छ ।
कुनै एक ठाउँमा प्राविधिक गडबडको कारणले लाइन गयो भने त्यो क्षेत्रमा मात्र बिजुली जाने र अन्यन्त्र कुनै समस्या नहुने गरी वितरण प्रणालीमा सुधार गर्नुपर्ने देखिन्छ । पुराना र कमसल खालका विद्युतीय उपकरणहरु मर्मत सम्भार गर्नुपर्ने देखिन्छ ।

नयाँ विद्युतीय उपकरण जडान गर्नुपर्यो । गाउँघरतिर रुख वा वाँसको कारणले तारमा अवरोध भएको हो भने सम्बन्धित व्यक्ति वा निकायसँग सहकार्य गरेर अवरोधलाई हटाउनुपर्यो । तर प्रश्न के हो भने दैनिक रुपमा विद्युत पोल त ढल्दैनन् होला ?

रुख र वाँसले अवरोध त गर्दैनन् होला ? तसर्थ विद्युत प्राविधिकरणले स्थानीय स्तरमा समस्याको पहिचान गरेर समाधान गर्नुपर्ने देखिन्छ । उपभोक्ताहरूला ई गुणस्तरीय सेवा दिनुपर्यो । कतै स्थानीय रुपमा विद्युतको अनियमितताका बारेमा केन्द्रमा सूचना नभएको त होइन ?

लेखक गोरखा मावि तुलसीपुरका प्राचार्य हुन्

प्रतिक्रिया दिनुहोस