कोभिड लगत्तै प्रदेश नम्बर ५ काे नाम र राजधानी तोकिने

जेठ १०, २०७७

तुलसीपुर । लामो समयदेखि घोषणा हुन नसकेको प्रदेशको राजधानी र नामाकरण कोभिड संक्रमण लगत्तै घाेषणा  हुने भएको छ । प्रदेश नम्वर ५ को  आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले सो कुरा वताएका हुन् ।

उनले राजधानी र नामाकरणका बारेमा जनताको धैर्यतालाई महसुस गरेर काम अगाडि वढाएको समेत वताए । प्रदेश नम्वर ५ मा राजधानी र नामाकरणका विषयमा अन्यौलता रहेको छ । प्रदेश सरकारले अध्ययन टाेली समेत वनाएर तयारी अन्तिम चरणमा पुर्याइसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस