५ दिनदेखि हराएका युवक मृत फेला

जेठ ०, २०७७

पाँच दिनदेखि हराईरहेका एक युवक तुलसीपुरको  एक वनमा मृत फेला परेका छन् । घर जान हिडेका उनी तुलसीपुर ८ मा रहेकाे  मायालु सामुदायिक वनमा मृत भेटिएका छन् ।

बेलुवामा रहेको आफन्तको घरबाट घरजाने भन्दै जेठ ५ गते हिडेका दंगीशरण गउँपालिका–४ बैबाङ निबासी २२ बर्षका गुरुप्रसाद भण्डारी  रुखमा झुण्डीएको अवस्थामा मृत फेला परेको पिडित परिवारले जानकारी दिएका छन् ।

मृतकका बुबा बुद्धिराम भण्डारीले आत्महत्या नभइ   हत्या भएको भन्दै छानविन गर्न माग गरेका छन् । यता प्रहरीले आत्महत्या नै भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस