प्रदेश ५ मा थपिए २० जना, संक्रमित संख्या ४२७
नेपालमा बुधबार २५ कोरोनाभाइरसका संक्रमित थपिएका छन्। थपिएका मध्ये २० जना प्रदेश नम्वर ५ का रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार थपिएका संक्रमितमध्ये १८ पुरूष र ७ महिला छन्।
बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएका छन्। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ।
योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४२७ पुगेको छ।
आजै कोसी अस्पतालमा रहेका उदयपुरका ८ जना कोरोना संक्रमित डिस्चार्ड भएका छन्।
प्रतिक्रिया दिनुहोस