राप्ती प्रादेशिक अस्पतालमा अध्यक्ष न्यौपानेलाई स्वागत

जेठ ०७, २०७७

तुलसीपुर । राप्ती प्रादेशिक अस्पताल विकास समितिको नवनियुक्त अध्यक्ष पदमप्रसाद न्यौपानेलाई स्वागत गरिएको छ । अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. सर्वेश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नवनियुक्त अध्यक्ष न्यौपानलेलाई कार्य सफलताको शुभकामना समेत दिइएको थियो ।


कार्यक्रममा वोल्दै वडाध्यक्ष नवराज लामिछानेले न्यौपानेको कार्यकालमा अस्पतालले नयाँ मोड लिने विश्वास गरे । ‘यस क्षेत्रकै नमुना अस्पताल वन्नेमा आशावादी रहेका छौं’ वडाध्यक्ष लामिछानेले वताए । कार्यक्रममा वोल्दै डा. जनार्दन पन्थीले जनतालाई सहज ढँगले स्वास्थ्य सेवाको पहुँचमा पु¥याउनका लागि प्रतिवद्ध भएको वताए ।

नवनियुक्त अध्यक्ष न्यौपानले सबैका साथ र सहयोगबाट अगाडि वढ्ने प्रतिवद्धता व्यक्त गरे । ‘अस्पताललाई नमुना वनाउनका लागि प्रतिवद्ध रहने छु’ न्यौपानले भने ।

प्रतिक्रिया दिनुहोस