‘लकडाउन’ जेठ २० सम्म लम्ब्याउने मन्त्रिपरिषद्काे निर्णय

जेठ ०४, २०७७

काठमाण्डाै – लकडाउन जेठ २० गतेसम्म लम्बिने भएको छ । केही समयअघि सकिएको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि लम्ब्याउन र थप कडाइ गर्न सरकारलाई सुझावसहित सिफारिस गरेको थियो ।

सरकारले पहिलो पटक गएकाे चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो । त्यसपछि फेरि दोस्रो पटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याएको थियो । त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि वैशाख १५ र १० दिन थप गर्दै वैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो ।

नेपालमा पनि काेराेना भाइरसकाे सङ्क्रमण लगातार बढिरहेकाेले सरकारले लकडाउनलाई उत्तम विकल्प अपनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस