राप्ती ववई क्याम्पसले गर्यो कोरोना विपद कोषमा १ लाख वढि सहयोग

चैत २०, २०७६


तुलसीपुर । कोरोना संक्रमणको विपदमा परेकाहरुको उद्दार, सहयोग र राहतका लागि तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको कोरोना विपद् कोषमा सहयोग जुट्ने क्रम जारी रहेको छ । यसैविच विहिवार कोषमा राप्ती ववई वहुमुखी क्याम्पसले १ लाख, ११ हजार १ सय ११ सहयोग गरेका छन् ।

क्याम्पसका अध्यक्ष विष्णुकुमार देवकोटाले  क्याम्पसको तर्फबाट यो सहयोग गरेका हुन् । कोषमा सहयोग गरेको यो रकम अहिलेसम्मकै सवैभन्दा धेरै रकम हो ।
उपमहानगरपालिकाले ५० लाख रकम जम्मा गरेर स्थापना गरेको कोषमा सहयोग जुट्ने क्रम निरन्तर जारी रहेको छ ।  देवकोटाले कोरोनाको विपद्का सहयोग गर्नु मानवीय दायित्व भएको भन्दै सहयोग गरेको वताए ।

शिक्षासेवी विष्णुकुमार देवकोटाले क्याम्पसको तर्फबाट १ लाख, ११ हजार १ सय ११ सहयोग गरेका छन् । भमकेका गोविन्द अर्यालले २ सय किलो चामल र तुलसीपुर अनलाईनका सञ्चालन मनुराज शर्मा र हेमराज डाँगीले पनि २ सय किलो चामल उपलब्ध गराएका छन् ।

यसैविच विहिवार नै जिन्सी सहयोगका लागि तुलसीपुर उपमहानगरपालिकाले व्यवस्था गरेको तुलसीपुर फुड वैकमा खाद्यान्न सहयोग समेत जुटेको छ । विपद् व्यवस्थापन शाखाका प्रमुख भिमप्रकाश खत्रीका अनुसार भमकेका गोविन्द अर्यालले २ सय किलो चामल र तुलसीपुर अनलाईनका सञ्चालन मनुराज शर्मा र हेमराज डाँगीले पनि २ सय किलो चामल उपलब्ध गराएका छन् ।


नेपाल इन्भेष्टमेन्ट वैकमा रहेको विपद् व्यवस्थापन कोषको ०३१०१०४०२५१८६० नम्वरको खातामा रकम जम्मा गरेर कोषलाई सहयोग गर्न सकिने उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वताए । उनले फुड वैकमा खाद्यान्न लगायतको जिन्सी समेत सहयोग गर्न सकिने वताए ।
उपमहानगरपालिकाले कोरोना सचेतना, क्वारेन्टाइन निर्माण, विपन्नलाई राहत वितरण लगायतका विभिन्न कामहरु गरिरहेको छ । आपतको समयमा सहयोग गर्नका लागि नगरप्रमुख पाण्डेले सबैलाई आव्ह्वान समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस