थप १० जनामा भेटियो कोरोना, संक्रमित संख्या २ सय ९१ पुग्यो

जेठ ०४, २०७७

तुलसीपुर, चैत्र ४ ।  नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार थप १० जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै मुलुकमा संक्रमित संख्या २ सय ९१ पुगेको हो।

संक्रमित हुने दशै जना पुरुष हुन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंले गरेको परीक्षणमा उनीहरूमा कोरोनाको संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये ७ जना रौतहट राजपुर नगरपालिका फरउदवा-९ का हुन्। उनीहरूमध्ये दुई जना संक्रमित ३९ वर्षका छन् भने बाँकी ५ जनाको उमेर १८, ३२, ३६,४२ र ४८ वर्ष रहेको छ।

यसैगरी अन्य तीन संक्रमित रौतहट इशनाथ नगरपालिकाको वडा नम्बर ३ र ५ का हुन्। उनीहरूको उमेर २८, ३० र ३३ वर्ष रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सबै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनीहरूको अवस्था सामान्य रहेको बताएको छ।

हिजो शनिबार मात्रै नेपालमा कोरोनाका कारण पहिलो मृत्यु रेकर्ड भएको छ।

कोरोनाबाट मुलुकमा शनिबार पहिलोपटक २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस