तुलसीपुरका संक्रमित पुरुषको परिवारका सबैको रिपोर्ट नेगेटिभ

जेठ ०३, २०७७

तुलसीपुर । उपचारका क्रममा काठमाडौ पुगेका तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ का ४६ वर्षिय कोरोना संक्रमित पुरुषको परिवारका सबै सदस्यको नतिजा नेगेटिभ आएको छ । स्वास्थ्य मन्त्रालयको त्रुटिका कारण शनिवार अवेर मात्रै संक्रमणको पत्ता लागेका उनका परिवारका ७ जना सदस्यको शनिवार नै र्यापिड टेस्ट गरिएको कोरोना संक्रमण व्यवस्थापन तुलसीपुरका फोकल पर्सन विमल केसीले जानकारी दिए ।

उनकाे परिवारमा ४  छाेरी, १ छाेरा, आमा, श्रीमती रहेका थिए ।


“उहाँहरुलाई रक्षाचौर क्वारेन्टाइनमा ल्याएर जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ” केसीले भने । उनले परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएसँगै संक्रमित व्यक्तिलाई काठमाडौमा नै संक्रमण भएको प्रमाण वलियो भएको वताए ।

संक्रमित व्यक्ति बहिनी जुवाईको टाउँकोको उपचारका लागि चैत्र २७ गते तुलसीपुरबाट कोहलपुर हुँदै काठमाडौ गएका थिए ।

प्रतिक्रिया दिनुहोस