लकडाउन पालना नगर्ने तुलसीपुरमा ५ सय होल्डमा

जेठ ०२, २०७७

शरद रेग्मी

तुलसीपुर, जेष्ठ २ । कोरोना रोगका संक्रमितहरु बढ्दै गएपछि दाङ्गमा स्थानीय प्रशासनले लकडाउन कार्यान्वयनमा थप कडाई गरेको छ ।

शुक्रबार तुलसीपुरका बिभिन्न स्थानबाट करिब पाँचसय जनालाई नियन्त्रणमा लिएर सम्झाई बुझाई घर पठाईएको प्रहरीले जनाएको छ । तुलसीपुरको बसपार्क, बिरेन्द्र चौक,बाहिनी चौक र सितलपुरमा लकडाउन उल्लंघन गरेर सडकमा हिडिरहेका सर्बसाधारणहरुलाई लकडाउन कार्यान्वयन र कोरोनाबाट बच्ने उपायका बारेमा जानकारी गरिएको ईप्रका तुलसिपुरका प्रवक्ता एव प्रहरी निरिक्षक चक्रडम्मर पालले जानकारी दिए ।

शुक्रबार अर्का प्रहरी निरिक्षक झलक प्रसाद शर्माले पनि टोल र समुदायमा पुगेर सडकमा हिडिरहेका नागरिकहरुलाई सम्झाई बुझाई गरेका थिए । गृहमन्त्रालयको पछिल्लो निर्णय सार्वजनिक भए सगैं स्थानीय प्रहरीले लकडाउन कार्यान्वयनमा कडाई गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस