उदार वन्दै सहयोगीहरु, कोरोना विपद् कोषमा नगद र खाद्यान्न सहयोग

चैत १, २०७६  |  ७०१ पटक पढिएको

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले कोरोना संक्रमणबाट पिडितहरुलाई राहत गर्नका लागि सुरु गरेको कोरोना विपद् कोषमा वुधवार विभिन्न व्यक्ति र संस्थाले नगद तथा खाद्यान्न सहयोग गरेका छन् ।

विपद् व्यवस्थापन शाखाका प्रमुख भिमप्रकाश खत्रीका अनुसार वुधवार मात्रै समाजसेवी नेत्रमणी लामिछानेले १ लाख, वडा नम्वर १७ का वडाध्यक्ष थलराज पुरीले ६५ हजार, तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवन योगीले ४० हजार, मोर्गन इन्टरनेशनल कलेज बसुन्धराका अध्यक्ष कुलप्रसाद चापागाईले २५ हजार नगद सहयोग गरेका छन् । यसैगरी इसाइ समुदाय दाङले २० वोरा चामल र व्यवसायी सेवकराम भण्डारीले ३ सय किलो चामल खाद्य वैकलाई सहयोग गरेका छन्

नेपाल इन्भेष्टमेन्ट वैकमा रहेको विपद् व्यवस्थापन कोषको ०३१०१०४०२५१८६० नम्वरको खातामा रकम जम्मा गरेर कोषलाई सहयोग गर्न सकिने उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वताए ।

उपमहानगरपालिकाले कोरोना सचेतना, क्वारेन्टाइन निर्माण, विपन्नलाई राहत वितरण लगायतका विभिन्न कामहरु गरिरहेको छ । आपतको समयमा सहयोग गर्नका लागि नगरप्रमुख पाण्डेले सबैलाई आव्ह्वान समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस