कोरोना विपद व्यवस्थापन कोषमा लामिछानेले गरे १ लाख सहयोग

चैत १, २०७६


तुलसीपुर । कोरोना संक्रमणको विपदमा परेकाहरुको उद्दार, सहयोग र राहतका लागि तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको कोरोना विपद् कोषमा सहयोग जुट्ने क्रम जारी रहेको छ । यसैविच वुधवार कोषमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ डुम्रीगाउँ निवासी समाजसेवी नेत्रमणी लामिछानेले एक लाख सहयोग गरेका छन् ।


उपमहानगरपालिकाले ५० लाख रकम जम्मा गरेर स्थापना गरेको कोषमा सहयोग गर्ने क्रम निरन्तर जारी रहेको छ । नेकपाका नेता तथा वौद्धिक व्यक्तित्वको छवि वनाएका लामिछानेले कोरानाको समयमा कसैले पनि अभाव झेल्न नपरोस् भनेर सहयोग गरेको वताए । नेपाल इन्भेष्टमेन्ट वैक तुलसीपुरमा रहेको विपद् व्यवस्थापन कोषको ०३१०१०४०२५१८६० नम्वरको खातामा रकम जम्मा गरेर कोषलाई सहयोग गर्न सकिने उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वताए ।
उपमहानगरपालिकाले कोरोना सचेतना, क्वारेन्टाइन निर्माण, विपन्नलाई राहत वितरण लगायतका विभिन्न कामहरु गरिरहेको छ । आपतको समयमा सहयोग गर्नका लागि नगरप्रमुख पाण्डेले सबैलाई आव्ह्वान समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस