अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्न प्रशासनको निर्देशन

बैशाख २३, २०७७

तुलसीपुर । जिल्ला प्रशासन कार्यालय दाङ्गले अत्यावश्यक पसल र कार्यालयहरुमा काम गर्दा अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । मंगलवार विज्ञप्ती प्रकाशित गरेर कार्यालयले बजार क्षेत्रमा भिडभाड र चहलपहल वढेकाले यस्तो आग्रह गरेको हो ।


उपभोग्य वस्तुका पसल, स्वास्थ्य संस्था, वित्तिय संस्था लगायतका अत्यावश्यक ठाउँहरुमा सामाजिक दुरी कायम गर्नका लागि प्रशासनले अनुरोध गरेको छ ।

यसअघि सोमवार वसेको सुरक्षा समितिको वैठकले सामाजिक दुरी अनिवार्य रुपमा कायम गर्न लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस