सामजिक सुरक्षा भत्ता व्यक्ति कै खातामा गएको छ , निकाल्न हतार नगरौ : नगरप्रमुख पाण्डे

बैशाख १८, २०७७

 

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका भित्रका वैकमा सामाजिक सुरक्षा भत्ताका लागि भिडभाड नगर्न नगरप्रमुख घनश्याम पाण्डेले आव्ह्वान गरेका छन् । यस क्षेत्रका सामाजिक सुरक्षा भत्ता लिनेहरुलाई सहज होस् भनेर दाङ्गका १० वटै स्थानीय तहहरुमध्ये तुलसीपुरले सबैभन्दा पहिले भत्ता निकासा गरेको पनि उनले वताएका छन् ।

“सामाजिक सुरक्षा भत्ता सबै सम्वन्धित व्यक्तिको खातामा गएको छ , आवश्यकता हुनेले मात्रै निकाल्दा हुन्छ” नगरप्रमुख पाण्डेले वताए । उनले सम्वन्धित व्यक्तिको खातामा गएको पैसा फिर्ता नहुने भएकाले ढुक्क हुन समेत आग्रह गरेका छन् ।
भिडभाड कम होस् भनेर उपमहानगरपालिकाका विभिन्न वैकमा खाता खोलेको वताउँदै उनले लकडानको पालना गरेर घरमै वस्न पनि आग्रह गरेका छन् ।

“अशक्त र असहायलाई घरमै पैसा भत्ता लगिदिने भएकाले सबैले सम्वन्धित वडामा सम्पर्क गर्नुहोला” नगरप्रमुख पाण्डेले वताए । परिवारमा जान्ने र वुझ्नेले यसका वारेमा वुझाएर ज्येष्ठ नागरिकहरुलाई वैक आउनबाट रोक्नका लागि भुमिका खेल्न समेत आग्रह गरेका छन् । “आउनै पर्ने भएकाले पनि सामाजिक दुरी कायम गर्नुहोला ” ।

उनले वडाका रहेका असक्तहरुको विवरण संकलन गरेर तत्काल घरमै पैसा पुर्याउने वातावारण गरिदिनका लागि वडा प्रतिनिधिलाई निर्देशन समेत दिएका छन् । उपमहानगरपालिकाका विभिन्न वडाहरुले असक्तलाई घरसम्मै भत्ता समेत पुर्याइरहेको उनको भनाई थियो । उपमहानगरपालिका भित्रमा १२ हजार वढि सामाजिक सुरक्षा भत्ता लिनेहरु छन् ।

प्रतिक्रिया दिनुहोस