चित्तल मारेको आरोपमा दुई पक्राउ

बैशाख १७, २०७७

 ओमप्रकाश गुप्ता

देउखुरी १७ वैशाख ।  देउखुरीमा जंगली जनावर चित्तल मारेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लमही नगरपालिका वडा नम्बर ९ रिहार निवासी झग्गु ओली र मान सिङ्ग ओली रहेका छन् । मंगलबार बेलुका पानी खान रिहारको तलाउमा आएको चित्तललाई ढुङा र भट्टाले हानेर मारेको ओलीद्वयलाई आरोप लागेको छ ।

पानी खान तलाउमा आएको जंगली चित्तललाई जङ्गलतर्फ भगाउनुको सट्टा ढुङा र भट्टाले हानेर मारेको भन्ने सुचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय देउखुरीका डिभिजनल प्रमुख प्रविण बिडारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस