राप्ती गाउँपालिकामा ११ जना क्वारेन्टानमा भर्ना

बैशाख १२, २०७७

 ओमप्रकाश गुप्ता

भालुवाङ  । म्याग्दीबाट राप्ती गाउँपालिकामा अाएका ११ जना युवाहरू मध्ये ६ जनामा ज्वरो देखा परेपछि ११ जनालाई नै क्वारेन्टानमा भर्ना गरिएको छ ।

मजदुरी गरि हिड्दै र विभिन्न सवारी साधनमा घुलमिल हुँदै विहिवार दिउँसो १ बजे बराखुट्टी अाइपुगेका उनीहरूलाई २ नम्बर वडा अध्यक्ष जगतबहादुर थापाको पहलमा लालमटिया स्वास्थ्य चौकीको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य चेकजाँच गर्दा ६ जनामा ज्वरो आएको पाईएपछि स्वास्थ्यकर्मी र सुरक्षा निकायको निगरानीमा विहिवार राति लालमटियामा रहेको एेरावती अादर्श बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा भर्ना गरिएको वडा अध्यक्ष जगतबहादुर थापाले जानकारी दिएका छन् ।

भर्ना गरिएका सवै १४ देखि २८ वर्ष उमेरका युवाहरू रहेको राप्ती गाउँपालिका स्वास्थ्य संयोजक नारायण राउतले जानकारी दिएका छन् । हाल क्वारेन्टाइन ६ कोठामा १६ वेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस