राप्ती गाउँपालिकामा दोस्रो चरणको राहत

बैशाख १०, २०७७

ओमप्रकाश गुप्ता

सिसहनियाँ  । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ ले दोस्रो चरणको राहत वितरण सम्पन्न गरेको छ । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत प्रदान गर्न दोस्रो चरणको राहत प्रदान गरेको वडा अध्यक्ष गोकर्णबहादुर रानाले जानकारी दिएका छन् ।

दैनिक रुपमा ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने तथा अपांगता, जेष्ठ नागरिक,एकल महिला र असहाय वर्गका घरपरिवारलाई प्रति परिवार १५ देखी २५ किलो चामल, एक किलो दाल, १ प्याकेट नुन, एक लिटर खाने तेल र एक पिस साबुन वितरण गरेको वडा अध्यक्ष रानाले जानकारी दिएका छन्। अव ९ नम्बर वडामा भने वितरण गर्न बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस