फुड बैकमा ज्योति विकास बैकको राहत

बैशाख १०, २०७७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले कोराना संक्रमणबाट पिडितहरुका लागि स्थापना गरेको तुलसीपुर फुड बैकमा तुलसीपुरमा शाखा रहेको ज्योति विकास वैकले खाद्यान्न लगायतको सहयोग गरेको छ ।

गरिब र विपन्नहरुलाई खाद्यान्न अभाव नहोस् भन्नका लागि सहयोग गरिएको वैकका प्रवन्धक डिल्लीवहादुर खत्रीले वताए ।
स्थानीय सरकार मार्फत राहत वितरण भएको कुरालाई सहयोग गरेको वताउँदै प्रवन्धक खत्रीले वैकका तर्फबाट ८ सय किलो चामल, ५० किलो दाल, ५० लिटर तेल, २ सय १६ प्याकेट सावुन नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।

‘समाजका लागि हाम्रो दायित्व छ भन्ने कुरालाई मनन गरेर यो सहयोग गरिएको हो ’ प्रवन्धक सुवेदीले वताए । राहत वितरण कार्यक्रममा वैकका ऋण अधिकृत कमल प्रसाद रावत, कर्मचारी भरत चौधरी र रक्षा मल्लको सहभागिता रहेको थियो ।

उपमहानगरपालिकाले विपन्न वर्गका मानिसहरुलाई सहयोग गर्नका लागि तुलसीपुर फुड बैकको स्थापना गरेको नगरप्रमुख पाण्डेले जानकारी दिए । । उनले कुनै पनि विपन्न नागरिक खान नपाएरै भोकै वस्ने अवस्था सृजना हुन नदिने कुरा वताए ।

प्रतिक्रिया दिनुहोस