बजारको भिड र हाम्रो नियत

बैशाख ०८, २०७७


विशेष गरी छिमेकी मुलुक भारतमा संक्रमितको संख्या वढ्दै जानुले हामी विचमा पनि त्रास व्याप्त रहेको छ । यसबाट जोगिनका लागि आत्मानुशासन नै महत्वपूर्ण हुन्छ ।

कोभिड १९ कोरोना भाइरसको प्रकोप विश्वव्यापी रुपमा फैलिए पछि यसको संक्रमण रोक्नका लागि नेपाल सरकारले पनि लकडाउनको घोषणा ग¥यो । सरकारले अत्यावश्यक काम वाहेक घर वाहिर निस्कनका लागि गरेको आव्ह्वानलाई जनताले पूर्णत अहिले पनि पालना गर्न सकिरहेका छैनन् ।

महामारीबाट वच्नका लागि नेपाल सरकारले गरेको लकडाउनलाई हामीले जनतालाई वुझाउन सकेनौ कि ? जनताले यसलाई मनन गर्न नै चाहेनन् ? यस विषयमा सबैले गम्भिर ढँगले सोच्नुपर्ने वेला भएको छ । हामी त्यतीवेलासम्म मात्रै सुरक्षित हुन सक्छौ जतिवेला सम्म हामीले अनुशासनको पालना गरेर लकडाउनको समयमा घर वस्छौ । हामीले आफुलाई जति सुरक्षित राख्न सक्छौ त्यति नै यसबाट जोगिन सक्छौ ।

हाम्रो देशमा संक्रमितको संख्या दिनप्रतिदित वढ्ने क्रममा रहेको छ । तर पनि हामीले यसलाई सामान्य रुपमा लिइरहेका छौ । भारतमा संक्रमितको संख्या वढिरहेको अवस्थामा अव नेपालीलाई कोरोनाको सन्त्रास भनेकै छिमेकी मुलुक भारतबाट हुने देखिन्छ ।

भारतका विभिन्न नाका प्रयोग गर्दै नेपाल भित्रिने क्रम वढिरहेको छ । कतिपय त्यस्ता व्यक्तिको पहिचान समेत भइसकेको छ भने कतिपय सार्वजनिक रुपमा देखिएका छैनन् ।

तरकारी तथा फलफुल वेच्ने वहानामा भारतीयहरु भित्रिरहेको अवस्था छ । किनमेल गर्ने वहानामा वजारमा बाक्लो उपस्थिति भिडभाड देखिन्छ । के यसरी हामी सुरक्षित हुन सक्छौ ? लकडाउनमा वस्न जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई चाहना नभएको हो र ? तर जनतालाई सुरक्षित वनाउन ज्यान जोखिममा राखि परिचालन भएका छन् ।

कमसेकम सरकारको नियम पालन गरौ यो वेला पनि यो वा त्यो नाममा पैसा कमाउने मानसिकताबाट टाढा रहौ । सबैले लकडाउनको पालना गरौ र पालना गर्न अनुरोध गरौ ।

सिमित संख्यामा मात्रै लकडाउनको पालना गरेको देखिन्छ । बाँकी सबैको दिनचर्या यस्तै छ । विहान ६ देखि ९ वजेसम्म विहान वजार खुल्ला भनेको अत्यावश्यक वस्तु किनमेलका लागि हो । तर विहान खुल्ला गरेको मेला भर्न, वजारमा टहलाउनका लागि खोलिएको जस्तो भएको छ । सामान किन्ने भन्दा पनि रमाउनेको संख्या धेरै छ ।

यसलाई हामीले गम्भिरताका साथमा लिन सकिरहेका छैनौ । अर्को कुरा सामान किन्दा पनि हामीले सामाजिक दुरी कायम गरिरहेका छैनौ ।
रोग लागिसकेपछि पछुताउनुभन्दा पनि रोग लाग्ने अवस्था नै आउन नदिनु मुख्य कुरा हो । यसका लागि पूर्व तयारी र सचेतना पनि जरुरी हुन्छ । कुनै पनि वहानामा भिडभाड नगरौ, सरकारको नियमपूर्ण रुपमा पालना गरौ । हाम्रा कारणले महामारीको सृजना हुनबाट जोगाउँ ।

महामारीबाट वच्ने एउटा मात्रै विकल्प भनेको सरकारले घोषणा गरेको लकडाउन पूर्ण रुपमा पालना गर्नु नै हो । प्रकोप विस्तारै कम हुँदै जाँदा लकडाउन खुकुलो हुँदै जान्छ ।

अत्यावश्यक वाहेक अरु काममा वाहिर निस्कनु आवश्यक छैन । गरिब तथा विपन्नका लागि राहतका विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । वडा र टोलमा सहयोग माग्न सकिन्छ तर वाहिर निस्किएर लकडाउनको पालना गर्नमा सबैले विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।

विशेष गरी छिमेकी मुलुक भारतमा संक्रमितको संख्या वढ्दै जानुले हामी विचमा पनि त्रास व्याप्त रहेको छ । यसबाट जोगिनका लागि आत्मानुशासन नै महत्वपूर्ण हुन्छ ।

प्रतिक्रिया दिनुहोस