मुक्तिनाथ वैकको तुलसीपुर फुड बैकमा सहयोग

बैशाख ०७, २०७७


तुलसीपुर । तुलसीपुरका शाखा रहेको मुक्तिनाथ विकास वैक लिमिटेडले तुलसीपुर उपमहानगरपालिकाको फुड बैकमा खाद्यान्न सहयोग गरेको छ ।

वैकका शाखा प्रवन्धक सरोज कुमार लामिछानेले नगरप्रमुख घनश्याम पाण्डेलाई साढे आठ क्विन्टल चामल हस्तान्तरण गरेका हुन् ।
लकडाउनका कारण जीवनयापन गर्न गाह्रो भएकाले गरिब र विपन्न वर्गको घरमा खाद्यान्न अभाव नहोस् भन्नका लागि सहयोग गरेको उनले वताए ।

‘समाजका लागि हाम्रो दायित्व छ भन्ने कुरालाई मनन गरेर यो सहयोग गरिएको छ ’ वैकका प्रबन्धक लामिछानेले वताए । उपमहानगरपालिकाको राहत कोषमा सहयोग गर्ने मुक्तिनाथ पहिलो वित्तिय संस्था हो ।

उपमहानगरपालिकाले ५० लाख रकम जम्मा गरेर स्थापना गरेको कोषमा विभिन्न व्यक्तिहरुले सहयोग गर्दै आएका छन् । चेक ग्रहण गर्दै नगरप्रमुख पाण्डेले एकद्वार प्रणालीबाट राहत वितरण गरेको जानकारी दिए । उनले कुनै पनि विपन्न नागरिक खान नपाएरै भोकै वस्ने अवस्था सृजना हुन नदिने कुरा वताए ।

प्रतिक्रिया दिनुहोस