अफ्ठेरोमा परेकाले सम्पर्क गर्नुहोस्, तत्काल उद्दार हुन्छ :नगरप्रमुख पाण्डे

बैशाख ०७, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले जटिल अवस्थामा रहेका आफ्ना नागरिकलाई सहयोग आवश्यक परे सम्पर्क गर्न अनुरोध गरेको छ ।

विपन्न वर्गका ६ हजार वढि जनतालाई राहत वितरण गरिसकेको उपमहानगरपालिकाले जटिल अवस्थामा रहेकालाई सहयोग गर्न लागेको हो । देशका विभिन्न भागमा रहेका नागरिकको सहजताका लागि समन्वय गरिरहेको वताउँदै नगरप्रमुख घनश्याम पाण्डेले कुनै पनि अफ्ठेरो अवस्थामा रहेका नागरिकलाई प्रत्यक्ष सम्पर्क गर्नका लागि अनुरोध गरेका छन् ।

‘अफ्ठेरोमा परेकालाई ९८५७८२३८८५ र ९८५७८२१०४७ मा सम्पर्क गर्नुहुन अनुरोध छ ’ नगरप्रमुख पाण्डेले भने । उनले संकटको अवधिमा नागरिकलाई सहयोग गर्नु स्थानीय सरकारको दायित्व भएको जानकारी दिए ।

‘जिल्ला वाहिर रहेका पनि हाम्रो सम्पर्कमा आउनुभयो भने हामीले उद्दारका लागि पहल गर्नेछौ’ नगरप्रमुख पाण्डेले भने ।

प्रतिक्रिया दिनुहोस