कोरोना संक्रमितको संख्या २१ लाख नजिक, १ लाख साढे ३४ हजार बढीको मृत्यु

बैशाख ०४, २०७७

 

तुलसीपुर । कोरोना भाइरस (कोभिड-१९)बाट विश्वभर संक्रमितको संख्या २१ लाखको नजिक पुगेको छ भने मर्नेको संख्या १ लाख साढे ३४ हजार नाघेको छ।

वर्ल्डोमिटरको पछिल्लो तथ्याङ्कअनुसार बुधबारसम्म विश्वभर २० लाख ८२ हजार ८ सय ८१ जनामा कोरोना भाइरस भएको पुष्टि भएको छ। बुधबारसम्म विश्वभर १ लाख ३४ हजार ६ सय ३ जनाले कोरोना कारण ज्यान गुमाएका छन्।

संक्रमितमध्ये हालसम्म ५ लाख १० हजार १ सय २९ जना उपचारपछि निको भई घर फर्केका छन्  अहिले विश्वभर १४ लाख ३८ हजार १ सय ४९ जना कोरोनाका बिरामी उपचारत छन्। उपचारतमध्ये ५१ हजार १ सय ४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको भने भने १३ लाख ८७ हजार ७ जनाको अवस्था सामान्य रहेको छ।

कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानमा देखिएको थियो। त्यसपछि हालसम्म यो भाइरस विश्वका २ सय १० देश तथा क्षेत्रमा फैलिएको छ। नेपालमा हालसम्म १६ जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ।

कोरोना भाइरसबाट सबैभन्दा बढी मृत्यु हुने र संक्रमितको संख्या अमेरिकामा रहेको छ। अमेरिकामा हालसम्म ६ लाख ४४ हजार ८९ जनामा कोरोना संक्रमण भएको छ, जसमध्ये २८ हजार ५ सय २९ जनाको मृत्यु भइसकेको छ। स्पेनमा रहेका १ लाख ८० हजार ६ सय ५९ कोरोनाका संत्रमितमध्ये १८ हजार ८ सय १२ जनाको मृत्यु भएको छ।

इटालीमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६५ हजार १ सय ५५ जना पुगेको छ। यीमध्ये २१ हजार ६ सय ४५ जनाको मृत्यु भइसकेको छ। फ्रान्समा कोरोना संक्रमितको संख्या १ लाख ४७ हजार ८ सय ६३ रहेको छ, जसमध्ये १७ हजार १ सय ६७ जनाको मृत्यु भएको छ।

जर्मनीमा १ लाख ३४ हजार ७ सय ५३ जना कोरोना भाइरसका संक्रमित ३ हजार ८ सय ४ जनाको मृत्यु भइसकेको छ। बेलायतमा कोरोना संक्रमितको संख्या ९८ हजार ४ सय ७५ पुगेको छ। यीमध्ये १२ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ।

चीनमा हालसम्म कोरोन भाइरस संक्रमितको संख्या ८२ हजार ३ सय ४१ पुगेको छ, जसमध्ये ३ हजार ३ सय ४२ जनाको मृत्यु भएको छ। इरानमा ७६ हजार ३ सय ८९ कोरोना संक्रमित रहेकोमा ४ हजार ७ सय ७७ जनाको मृत्यु भइसकेको छ। बेल्जियममा कोरोना संक्रमित ३३ हजार ५ सय ७३ पुगेको छ। यीमध्ये ४ हजार ४ सय ४० जनाको मृत्यु भएको छ।

ब्राजिलमा रहेका कूल २८ हजार ६ सय १० कोरोना संक्रमितमध्ये १ हजार ७ सय ५७ जनाको मृत्यु भइसकेको छ। क्यानडामा २८ हजार ६ सय १० जना कोरोना संक्रमित रहेका छन्। यीमध्ये १ हजार १० जनाको मृत्यु भएको छ। नेदरल्याण्ड्समा २८ हजार १ सय ५३ कोरोना संक्रमित रहेकोमा ३ हजार १ सय ३४ जनाले ज्यान गुमाइसकेका छन्। स्वीट्जरल्याण्डमा कोरोना संक्रमितको संख्या २६ हजार ३ सय ३६ पुगेको छ। यीमध्ये १ हजार २ सय ३९ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस