भारतबाट अवैध ढँगले आएको तरकारी लैजादै दाङ्ग उद्योग वाणिज्य संघ

बैशाख ०२, २०७७

तुलसीपुर । तुलसीपुरमा भारतबाटै अवैध ढँगले आएको तरकारी दाङ्ग उद्योग वाणिज्य संघ घोराहीले लैजाने गरेको खुलेको छ । भारतबाट अवैध ढँगले तरकारी ल्याउने गरेको भन्दै तुलसीपुरका विभिन्न सरोकारवालाले अनुगमन गरिरहेको वेलामा दाङ्ग उद्योग वाणिज्य संघ र कृषि उपज वजार समन्वय समितिको ब्यानर टाँगेको गाडी तरकारी ल्याउनका लागि तरकारी वजारमा आएको थियो ।


गाडीका वारेमा सोधखोज गर्दा तुलसीपुरबाट नियमित रुपमा तरकारी लैजान गरेको पाइएपछि सबैको रोहवरमा रा १ ख ८४६ नम्वरको गाडी इलाका प्रहरी कार्यालय तुलसीपुरमा लगिएको हो । अवैध ढँगले भारतबाट ल्याइएको तरकारी दाङ्गका विभिन्न वजारमा जाने गरिएको पाइएको छ ।

भन्सारबाट नेपालगञ्ज हुँदै तुलसीपुरमा तरकारी आउँदा संक्रमण फैलेन त्रास वढेपछि तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर उपमहानगरपालिका लगायतले अनुगमन गरेका थिए । दाङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले पक्राउ परेको गाडीका वारेमा जानकारी लिने वताए ।

प्रतिक्रिया दिनुहोस