पेप्सिकोलामा आरडीटी टेष्ट गर्दा ३ जनामा कोरोना पोजिटिभ

पाटन अस्पतालमा भर्ना पिसिआर परीक्षण हुँदै: स्वास्थ्य मन्त्रालय

बैशाख ०१, २०७७

काठमाडौं- पेप्सीकोला टाउन प्लानिङस्थितमा तीन जनामा ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी)बाट परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।

स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आरडीटी टेष्टमा पोजिटिभ आएका तीन जनालाई पाटन अस्पतालमा लगिएको र पिसिर जाँचका लागि प्रक्रिया अघि बढाइएको जानकारी पाएको बताए।

झन्डै एक महिनाअघि लण्डनबाट फर्किएका उनीहरूमा र्‍यापिड टेस्ट गर्दा काेराेना भाइरसकाे एन्टीबडी देखिएकाे थियाे। अहिले तीनै जनालाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस