दानविर वडाध्यक्ष, गरिब परिवारलाई दिए किरिया खर्च

बैशाख ०१, २०७७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ का वडाध्यक्षले एक विपन्न परिवारलाई किरिया खर्च उपलब्ध गराएका छन् । शिवधारा टोल निवासी एक परिवारलाई किरिया खर्च नभएको भन्दै अध्यक्ष विरवहादुर विकले व्यक्तिगत रुपमा ५ हजार सहयोग गरेका हुन् ।

बोल्न नसक्ने परिवार भएको र आर्थिक अवस्था कम्जोर भएकाले किरिया खर्च सहयोग गरिएको अध्यक्ष विकले जानकारी दिए ।

घरमुली रामबहादुर खत्रीको आईतबार मृत्यु भएपछि परिवारसँग किरिया खर्चका लागि पैसा समेत थिएन । उनका श्रीमति, छोरा र बुहारी छन् ।

किरिया खर्च नै जुटाउन सक्ने अबस्था नभएपछि आफुले सहयोग गरेको वडाध्यक्ष विकले बताए । उनले आवश्यक अन्य सहयोग गर्ने पनि प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस