काठमाडौंबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा एकको मृत्यु
दाङ, असोज ८ । कपिलवस्तुको बुद्धभूमि–४ बुड्ढीमा यात्रुबाहक बस र ट्रक ठक्कर हुँदा एक जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् ।
काठमाडौंबाट दाङतर्फ अाउँदै गरेको ना ७ ख ५९५९ नम्बरको बस र ना ५ ख ५६६५ नम्बरको ट्रक शनिबार दिउँसो ३ बजे एक आपसमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
ट्राफिक प्रहरी निरीक्षक योगेन्द्र तिमिलसिनाले मृत्यु हुने महिलाको सनाखत भई नसकेको जानकारी दिनुभयो ।
घाइतेमध्ये २० जनाको स्थानीय बुद्धपोली क्लिनिक र ११ जनाको कपिलवस्तु अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । गोरखापत्र अनलाइनबाट ।
प्रतिक्रिया दिनुहोस