टेलिकमको नयाँ अफर, ४९ रुपैयाँमा दिनभर डेटा र भ्वाइस कल सुविधा

असोज ०३, २०७

facebook sharing button

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा नयाँ अफर ल्याएको छ । यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुनेछ । अफर अन्तर्गत तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक रु. ९८ मा खरिद गर्न सकिने छ ।

त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डेटा र अन-नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक रु. ४९ मा उपलब्ध हुनेछ । यसका साथै यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डेटा प्याक रु. २९४ मा खरिद गर्न सकिने टेलिकमले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस