‘ग्याष्ट्रिक’बाट कसरी जाेगिने ?

खबरशाला संवाददाता  |  जेठ १५, २०७८

छाती पोल्ने, पेट कराउने, पेट घोच्नेजस्ता लक्षण देखिनासाथ हामी जो कोही पनि भनिहाल्छौं मलाई ग्याष्ट्रिक भयो ।

बोलचालमा ग्याष्ट्रिक भनिने ग्याष्टाइटिस अर्थात एसिडिटीलाई चिकित्सा विज्ञानमा ‘हाइपरएसिडिटी’ भनिन्छ ।

हामीले महसुस गरेजस्तै छाती पोल्ने, पेटमा ग्यास भरिने, पेट घोच्नेलगायतका लक्षणबाट एसिडिटीको अनुमान गर्न सकिन्छ ।

हामीले खाएको खाना पाचनका निम्ति पेटका कोसिकाहरुले हाइड्रोक्लोरिक एसिड उत्पादन गरिरहेको हुन्छ ।

यो उत्पादन चाहिने भन्दा बढी भएमा पेट र छाती पोल्ने लक्षणहरु देखिन्छ । कसै कसैको मुखमा अमिलो पानी आउँछ र मुटु नजिकको भाग पोल्ने वा दुख्ने लक्षण पनि देखिन्छ ।

उत्पादित एसिड हाइपरएसिडिटी खानाको नलितिर वग्न थाल्दछ,जसलाई एसिड रिफ्लक्स वा रिगर्जीटेसन भनिन्छ ।

कारण

साधारणतया एसिडिटी कुनै रोगले भन्दा खानाकै कारणले हुन्छ । बढि चिल्लो, पिरो र गह्रौ खाना खानाले शरिरको पाचन प्रणालीमा सहयोग पु¥याउने डायजेस्टिभ जुस, हाइपरएसिडिटीको कार्यक्षमता र स्थिरता बिगार्छ र यस्तालक्षणहरु देखापर्न थाल्छ ।

खाली पेटमा केही विशेष औषधिहरुको सेवनले पनि एसिडिटी बढाउछ । मध्यपान, धुम्रपानको अत्यधिक प्रयोग र लामो समयसम्म भोको वस्नाले एसिडिटी गराउने संभावना बढ्छ ।

गर्भावस्था, बुद्ध अवस्था, मोटोपन र चिन्ता लिइरहनाले यसको संभावना बढी हुन्छ ।

त्यसबाहेक एसिडिटीको अन्य कारण पनि छन् ।

जसमा

आन्द्रा सम्बन्धी रोग

हेलिकोब्याक्टर पाइलोरी नामक व्याक्टेरियाको संक्रमण

क्याल्सियमको बढी सेवन

तनाव

रोकथामका घरेलु उपायहरु

बिहान दैनिक २/३ गिलास पानी पिउने ।

दैनिक तुलसीको पात सेवन गर्ने ।

खाना पहिला मह र भेनेगर जुसको सेवन गर्ने

चिसो दुध, नरिवलको पानी, बदाम, लसुनको सेवनले पनि ग्याष्ट्रिक रोकथाममा मद्दत गर्छ।

एसिडिटी घटाउन ल्वाङ चुस्नु अति फलदायक

काँचो फल नखाने

पुदिना मुलेठी भएका हर्वल चियाको सेवन गन

राति सुत्ने समयको कम्तिमा २ घण्टा अघि खाना खाइसक्ने

एसिडिटीमा दही फाइदाजनक हुन्छ

सुत्ने र उठ्ने समय नियमित गर्ने

प्रतिक्रिया दिनुहोस