नेपालमा थप जाेखिमयुक्त नयाँ दुई भेरियन्ट भेटिए, सजग रहन मन्त्रालयकाे अनुराेध

खबरशाला संवाददाता  |  जेठ ०४, २०७८

तुलसीपुर । नेपालमा कोरोना भाइरसका थप दुई वटा नयाँ भेरिअन्ट पुष्टि भएको छ।

अहिले भेटिएको भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको थप सचेत रहन सबैलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल समेत गरेको छ।

देशका विभिन्न भागबाट गत हप्ता संकलित कोभिड १९ संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा जिन स्विक्विन्सङ गर्दा ९७ प्रतिशतमा (३४ वटा) बी.१.६१७.२ भेरियन्ट र तीन प्रतिशतमा बी.१.६१७.१ पुष्टि भएको जनाएको मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको छ। यी दुबै भारतमै पुष्टि भएका नयाँ भेरिअन्ट हुन्छ। जसलाई विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा ‘विश्वव्यापी चासो’का रुपमा सूचिकृत गरेको थियो।

यी दुवै भेरिअन्टबाट महाराष्ट्र र आन्ध्रप्रदेश धेरै घातक भइरहेका छन्। नेपालमा यसअघि बेलायति भेरिअन्ट बी. ११. ७ पुष्टि भइसकेको थियो।

प्रतिक्रिया दिनुहोस