अक्सिजन अभावपछि फेसवुकमा माननीय खोजिदै

खबरशाला संवाददाता  |  बैशाख २, २०७८


तुलसीपुर । अक्सिजनको चरम अभाव पछि अकालमा ज्यान गुमाउने संंख्या उकालो लागेपनि कुनै पहल नगरेको भन्दै दाङ्गका माननीयहरुको सामाजिक सञ्जालमा खोजि गरिन थालिएको छ ।

दाङ्गका प्रभावशाली नेता र माननीयको नाम र फोन नम्बर सार्वजनिक गर्दै नारायण भण्डारीले लेखेका छन् ‘माननीय ज्यु, तपाईका मतदाता अक्सिजनको अभावमा मरिरहेका छन् । तपाईमा मानवीयता त देखिएन नै आफूलाई जीवित प्रमाणित गर्नका लागि भएपनि महामारी रोकथाममा एक इट्टा थप्नुहुन्छ कि ?’


कोरोना विशेष अस्पताल बेलझुण्डीमा मंगलबार राती ७० सिलिन्डर झरेपनि त्यसले विहानसम्म पनि नथेग्ने अस्पताल व्यवस्थापनले जनाएको छ । जिल्लामा संकटपूर्ण अवस्था सृजना हुँदा पनि कुनै पनि माननीयहरुले भुमिका खेल्न नसकेका कारण सामुहिक रुपमा आवाज उठाइएको सञ्जालमा लेखेका छन् ।


पत्रकार संगित वस्यालले लेखेका छन् ‘दाङका संघिय, राष्ट्रिय सभा र प्रदेश सांसदहरु तपाईहरु के गर्दै हुनुहुन्छ, केहि वोल्नुस् केही गर्नुस् , नेता हुनुको जनतालाई महसुस गराउनुस्, वाहिरको अबस्था सोचे भन्दा जटिल मोडमा आईसक्यो ’

प्रतिक्रिया दिनुहोस