बेलझुण्डीमा एकैदिन ८ कोरोना संक्रमितको मृत्यु

खबरशाला संवाददाता  |  बैशाख २८, २०७८

दाङ — कोरोना विशेष अस्पताल बेलझुण्डीमा २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१९ का ५२ वर्षीय पुरूष, ६–का ७६ वर्षीय पुरूष, १७–का ६० वर्षीया महिला, १२–का २७ वर्षीय पुरूष र ४–की ७० वर्षीया महिलाको मृत्यु भएको छ ।

यसैगरी घोराही–१३ का ४४ वर्षीय पुरूष, गढवा–४ का २५ वर्षीय पुरूष र दंगिशरण–३ का ३१ वर्षीय पुरूषको मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए ।

प्रतिक्रिया दिनुहोस