तुलसीपुरमा एकाबिहानै दुई संक्रमितको मृत्यु

खबरशाला संवाददाता  |  बैशाख १६, २०७८


तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकामा बिहिवार विहान २ संक्रमितको ज्यान गएको छ ।

घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत वडा नम्बर ६ की एक महिला र घरमै आइसोलेसनमा बसेका वडा नम्बर ११ का एक पुरुषको मृत्यु भएको कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए ।

मृतक महिलाको उमेर ५३ र पुरुषको ६८ रहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस