अब गुगल ट्रान्सलेटमा नेपाल भाषा पनि

चैत ३१, २०७७

काठमाडौं । आजदेखि नेपाल भाषा समेत गुगल ट्रान्सलेटमा समेटिने भएको छ । गुगलको अनलाइन ट्रान्सलेट प्रविधिले नेवारी समुदायमा बोलिने भाषालाई मंगलबार बेलुकी ७ः४५ बजेदेखि पहिचान गर्ने भएको हो ।

विश्वभर ७ हजारभन्दा धेरै भाषाभाषफ रहेको भए पनि गुगलमा हालसम्म १०९ वटा भाषा मात्र समेटिएका छन् । अब नेपाल भाषा समेत गरी गुगल ट्रान्सलेटमा भाषाको संख्या ११० पुग्नेछ ।

वर्ल्ड नेवा अर्गनाइजेसनको पहलमा नेपाल भाषालाई गुगल ट्रान्सलेटमा राख्न लागिएकको हो । गुगल ट्रान्सलेट एप सबैभन्दा पुरानो ट्रान्सलेटर एप हो ।

नयाँ फिचर र सामान्य इन्टरफेसका कारण यसको प्रयोग बढ्दो छ । हालै मात्र गुगल प्ले स्टोरमा गुगल ट्रान्सलेट एपले एक अर्ब डाउनलोड पुरा गरेको थियो ।

यो एपमा अनलाइन मात्र नभएर अफलाइन ट्रान्सलेसनको फिचर समेत छ । तर यो फिचर सबै भाषाका लागि भने प्रयोगमा आइसकेको छैन ।

गुगल ट्रान्सलेट एपले एक दिनमा एक खर्बभन्दा बढी शब्द ट्रान्सलेट गर्दछ । यदि तपाईंले गुगल ट्रान्सलेट एप अहिलेसम्म प्रयोग गर्नुभएको छैन भने यहाँ क्लिक गरी डाउनलोड गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस